सुदन गुरागाई, बराहक्षेत्र  , सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थित  औलिया ज्वलर्समा  सुनचाँदी चोरी गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बराहक्षेत्र १ बस्ने २६ बर्षीय अनिल बराइली रहेका छन् 

बिहिवार  राती पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले  ब्यापक खोजी गरेको थियो ।

घटनाको सुक्ष्म अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरी भएको केही घण्टामै  शुक्रबार बिहान चोरीमा सङ्लग्न  बराइलीलाई पक्राउ गर्न सफल भएको छ ।

 प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद रुपमा  रहेका अनिल बराईलीको घरको कोठाभित्र   दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५ सय ९० बराबरको गरगहना बरामद भएको हो ।

चोरीएका सुनको गरगहनाहरु बरामद भए लगत्तै  अनिल बराईलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तले  बताएका छन।

साभार onlinekhabar