इटहरी । विगत २५ वर्षदेखी इटहरीमा सञ्चालनमा रही शैक्षिक क्षेत्रमा लामो इतीहास बोक्न सफल कलेज हो इटहरीको विश्व आदर्श कलेज । 

स्कुलदेखि स्नातकोत्तर सम्म विभीन्न संकायमा अध्ययन अध्यापन गराइने विश्व आदर्श कलेज इटहरीका मात्र नभइ झुम्का,इनरुवा लगायतका स्थानका विद्यार्थीको पनी रोजाइमा पर्ने गरेको छ । वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययनका लागी विश्व आदर्श भर्ना हुने गरेका छन । 

सबै संकाय मध्ये विद्यार्थीको आकर्षण हो प्लस टु तहको साइन्स र कमर्स । 

पछिल्लो समय कलेजमा होटल मेनेजमेन्ट पनी सञ्चालनमा आएपछी विद्यार्थीको कलेजप्रतीको आकर्षण बढ्दो देखिन्छ । 

कलेजले विद्यार्थीहरुको ज्ञान र क्षमता विकासलाई मुख्य प्राथमिकता दिएको छ । 

जसकारण लामो समयदेखि अविभावकहरुको विश्वास जीत्न सफ कलेज हो विश्व आदर्श कलेज ।275444689_3096497204012251_5284493498495341923_n

 विद्यार्थी भर्ना संख्याको कुरा गर्नुपर्दा राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार विश्व आदर्श सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना हुने कलेज बनेको छ । विश्व आदर्शमा २०७८ सालमा ७१३ विद्यार्थी भर्ना भएको रेकर्ड छ ।

 क्याम्पस प्रमुख गणेश दुलालका अनुसार केही वर्षदेखि विश्व आदर्श सुनसरीमा सबैभन्दा धेरै विद्यार्थीले रुचाएको शिक्षालय बनेको र प्रदेश १ मा पनि चौथो, पाँचौ स्थानमा रहदै आएको छ । दक्ष तथा पुर्णकालिन शिक्षक, अनुशासित वातावरणका साथै कलेजले शैक्षिक तथा सृजनात्मक गतिविधिलाई गर्ने प्रोत्साहनका कारण विश्व आदर्श विद्यार्थीको रोजाइमा पर्ने गरेको दुलाल बताउँछन् । विद्यालयले विभिन्न शीर्षकमा छात्रवृत्तीहरुसमेत दिने गरेको छ ।274344916_3086491025012869_8062214506555602346_n 

‘इन्ट्रान्समा राम्रो अंक पाउने विद्यार्थी, जेहेन्दार र विपन्न परिवारका विद्यार्थीहरुका साथै आन्तरिक मूल्यांकनमा राम्रो अंक ल्याउने विद्यार्थीहरुले छात्रवृत्ती पाउँछन्  दुलाले भने, ‘इटहरीस्थित निःसहाय बाल आश्रमका विद्यार्थीलाईसमेत निःशुल्क पढाउने व्यवस्था गरिएको छ ।

 विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउने गरेको कलेजका विद्यार्थीहरुले विभिन्न प्रतिष्पर्धाहरुमा भाग लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमै राम्रो प्रदर्शन गर्न सफल भएका छन् । कलेजमा कमर्स पढेका विद्यार्थीहरु विभिन्न बैंक, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी संस्थाका साथै निजी संस्थाहरुमा पनि उच्च तहमा पुगिसकेका छन् भने कतिले आफै व्यवशाय सञ्चालन गरेर अरुलाई रोजगारी दिइरहेको दुलाल बताउँछन् । 86263978_2505476069781037_1238269119028002816_n

शिक्षा जस्तो कुरामा शिक्षालय परिवर्तन गरिरहँदा विद्यार्थीहरुलाई अध्ययन गर्न असजिलो हुने भएकोले पनि विद्यार्थीले समयमै सही शिक्षालय छनोट गर्न कलेजका अध्यक्ष लेखनाथ घिमिरेको सुझाव छ ।

उनले साथीको लहैलहैमा भर्ना हुनुभन्दा पनि सम्बन्धित कलेजमै गएर, हेर्न र निर्णय गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘म विद्यार्थीहरुलाई विश्वआदर्श कलेज आउन र हेर्न आग्रह गर्दै 

 सुविधा सम्पन्न संरचना,शान्त र स्वस्थ वातावरण र अनुभवि दक्ष शिक्षकहरुबाट अध्ययन अध्यापन हुदै आएकाले गर्दा पनी विद्यार्थीको रोजाइमा विश्व आदर्श कलेज पर्ने गरेको छ ।