विराटनगर । नेपाल प्रेस युनियनको केन्द्रिय महाधिवेश नजिकिदै गर्दा यति बेला देश भर चुनावी सगर्मी बढे सगै उम्मेद्वारी घोषणा गर्ने होडबाजीनै चलेको छ यसै सिलसिलामा केन्द्रिय महाधिवेशनमा मोरङको विराटनगरबाट शेखर रेग्मी र कुमोद अधिकारीले उम्मेद्वारी दिने बुझिएको छ ।

युनियनको खुल्ला उपाध्यक्षमा अधिकारी र रेग्मीले उम्मेद्वारी दिने तयारी गरेका छन । तर दुवै उम्मेद्वारले कुन समुहबाट उम्मेद्वार दिने खुलाएका छैनन ।

महाधिवेसन नजिकिदै गर्दा रेग्मीले अधिकारी भन्दा पहिला उम्मेदवारी घोषणा गरेका थिए पछिल्लो समयमा अधिकारीले पनि उम्मेदवारी दिने भएपछि एउटै जिल्लाबाट २ जना उम्मेदवार पर्ने हुन या हैनन्् भन्ने अन्योलता छाएको छ । युनियनको महाधिवेशन श्रावण ६ र ७ गते हेटौंडामा हुँदैछ ।