रामधुनी : सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल रामधुनी मन्दिरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ रामधुनी ले रामधुनी मन्दिरमा र  लायन्स क्लब अफ रामधुनी सिटीले रामधुनी मा बि लालपुरमा वृक्षरोपणका साथै शैक्षिक सामग्री हस्तान्तरण सम्पन्न गरिएको हो । 

‘वातावरण संरक्षणका निम्ति रूख रोपौँ’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको जेन चियर प्रर्सन पुष्प कार्कीले जानकारी दिनुभयो ।  उहाँले २ स्थानमा गरि बिभिन्न जातका ३ सय भन्दा धेरै बिरुवा लगाइएको जानकारी दिनुभयो । 

वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले गर्दा बिरुवा बिरुवा  लगाइएको लायन्स क्लब अफ रामधुनीका अध्यक्ष आशा चौधरीले जानकारी दिनुभयो । 

रोपिएको बिरुवाहरू संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपण सार्थकता पाउने लायन्स क्लब अफ रामधुनी सिटीका अध्यक्ष रमेश घिमिरेले जानकारी दिनुभयो । 

वातावरण हरियो, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वृक्षारोपण गरिएका र बालबालिकाको शैक्षिक गुणस्तर बिदी गर्नका लागी शैक्षिक सामाग्री बितरण गरिएको फस्ट भि पी खेमराज पौडेलले जानकारी दिनुभयो ।

292835861_5271406482912751_3111848751182677808_n