धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाले विभिन्नन माग राख्दै धनकुटा नगरपालिकालाई  ज्ञापन पत्र बुझाएको छ । 

 धनकुटा  नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैक खातामै मासिक तलव भत्ता उपलव्ध गराउने लगायतका मागहरु सहितको ज्ञापन पत्र नगरप्रमुख चिन्तन तामागंलाई बुझाएको हो । 20220627_135630

    सो ज्ञापन पत्रमा धनकुटा नगरपालिका भित्रका सम्पूर्ण ई सि डि शिक्षक, बालविकास तथा विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले  आ.व. २०७९/०८० को बजेटमा तोके बमोजिम उपलव्ध गराउनु पर्ने , नगरपालिकामा शिक्षकहरुको दरबन्दी मिलान गर्दा पालिकाभित्र रिक्त हुदै जाने दरबन्दी मात्र पठाउदै जाने, अन्य पालिका वा जिल्ला रोजे स्वेच्छिक रुपमा सरुवा जान दिने व्यवस्था मिलाउन भनिएको छ । ज्ञापन पत्र वुझाउन गएका नेपाल शिक्षक संगठन धनकुटाका सचिव केदार काजी भट्टराईले तलव भत्ता निकासा गर्दा खातामै प्रत्यक्ष गरिने लगायतका विषयवस्तुहरु समेटीएका माग समेटेर ज्ञापन पत्र वुझाएको जानकारी दिए । 

ज्ञापन पत्र बुझदै नगरप्रमुख चिन्तन तामागंले हामीहरु ज्ञापन पत्रका विषयमा छलफल गर्दछौ गर्न सकिने जती गर्दछौ भनेर शिक्षकहरुलाई आस्वत पारे ।