इटहरी । एस.इ.इ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहजिकरण गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा अभिमुखिकरण तथा परार्मश कार्यक्रम आयोजना गरिएको छ ।

  विद्यार्थीलाई पढाईका विषय तथा पुर्व तयारी कक्षा लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले आकाश इन्स्टिच्युट इटहरीले कार्यक्रम आयोजना गरेको हो ।

एस इ इ परिक्षा दिएर बसेका  २८० जना विद्यार्थीहरुको सहभागिता रहेको अभिमुखीकरण तथा परामर्श कार्यक्रममा काठमाडौं ओरियन्ट कलेजका प्रमुख नारायण बरालले सहजिकरण गरेका थिए । उनले विद्यार्थीहरुलाई कस्तो विषय कहाँ पढ्ने तथा पुर्व तयारी कक्षा लगायतका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रम आकाश इन्स्टिच्युट इटहरीका प्रवन्धक कमल तिम्सिनाको अध्यक्षतामा भएको थियो ।8ba65029-e824-45f8-b7ed-e230cf43dca0 (1)

आकाश इन्स्टिच्युट इटहरीले   बिगत १३ बर्ष देखि  उच्च शिक्षा हासिल गर्न चाहाने बिद्यार्थीलाइ शैक्षिक परार्मश तथा तयारी कक्षा गराउदै आएको कार्यकारी सञ्चालक गोपाल निरौलाले जानकारी दिए ।  

इटहरी तथा पुर्वका विभिन्न सहरहरुमा शैक्षिक परार्मश तथा तयारी कक्षा गराउने शैक्षिक संस्थाहरुले एस इ इ  परिक्षा पछि यस प्रकारका कार्यक्रमहरु विगत देखि नै सञ्चालन गर्दै आएका छन । 6024a65e-0765-49b1-a05f-7c66168b890b (1)