मधुमल्ला । नेकपा माओवादी केन्द्रका युवा नेता तथा मोरङको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले आफुले पाउने सेवा सुविधा समाजिक सेवामा खर्चिने घोषणा गरेका छन् । 

उनले आफुले पाउने सेवासुविधाबाट मिक्लाजुङबासी अतिविपन्नहरुको शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् ।

मिक्लाजुङबासीको सेवामा इमान्दारितापूर्वक लागि पर्ने उनकोे भनाई छ । जनताको सेवक बन्न आफु उपाध्यक्षमा बनेको उल्लेख गर्दै मिक्लाजुङ गाउँपालिका क्षेत्रका विकासमा कटिबद्ध भएर लाग्ने उनले उद्घोष गरेका छन् ।