पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षको लागि १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रूपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार पथरीस्थित सिनभिलेज पार्टी प्यालेसमा आयोजित नगरसभाले १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रूपैयाँ बराबरको वार्षिक नीति, योजना तथा कार्यक्रम ल्याएको हो । 

मेयर मोहन तुम्वापोको अध्यक्षतामा भएको सभामा उपमेयर देबीमाया काफ्लेले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । आगामी आर्थिक वर्ष -२०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेखित कुराहरू आज विहान ११ बजे नगरपालिकाको सभाहलमा आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने सूचना संयोजक भुपेन्द्र तिमल्सिनाले जानकारी दिनुभएको छ।