मोरङ ।  मिटरब्याजीबाट  पीडित  मोरङको विराटनगरका बासिन्दाहरु मिटरब्याजीलाई कारवाही गराउने प्रत्रियामा अगाडि बढेका छन ।

  बिराटनगरका प्रविन जैनले मिटरब्याज लगाएर अकुत सम्पती आफुले कमाएर ऋण लिनेहरुलाई उठिवास लगाउने गरेको भन्दै जैनलाई कारवाहीको माग राख्दै सम्पती शुद्धिकरण विभागमा उजुरी गरेका हुन ।

   करमट नेपालीका नाममा विराटनगर महानगरपालिका वडा नम्बर ७ का जैनले राजस्व छली गरेर अकुत सम्पती आर्जन गरेको भन्दै छानविनको माग राख्दै पिडितहरुले उजुरी गरेका हुन ।288322357_1769893360027701_2668554911919619386_n

सम्पती शुद्धिकरण विभागलाई पठाएको पत्रको वोर्धाथ जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर , राष्ट्रिय सर्तकता केन्द्र काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई दिएको जनाइएको छ ।

 गृह मन्त्रालयका प्रवक्ताले मिटर व्याज लिनेहरुका कारवाहीको दायरामा ल्याउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको जानकारी पाएपछि मिटरव्याजी जैनका विरुद्धमा सम्पती शुद्धिकरण विभाग लगायतका निकायहरु गुहारेका हुन ।