उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगा खरेलले प्लटीङ गरेको “गंगा प्रपटी” उचित ढल निकास नहुदा डुवानमा पर्ने गरेको छ ।

मेयर पदमा निर्वाचित हुनु भन्दा अगाडी उनि घडेरी कारोवारमा समलग्न हुदा उनको कम्पनीले उर्लाबारी-७ मा “गंगा प्रपटी” को नाममा प्लटीङ गरी घडेरी विक्री गर्ने कारोबार गथ्र्यो । हाल उनि उर्लाबारी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । 

उर्लाबारीलाई हराभरा, सुन्दर, डुवान मुक्त र पर्यटकीय नगरी बनाउने संकल्पका साथ चुनावी मैदानमा उत्रिएका खरेल मेयर त बने तर आज उनको त्यो चुनावी प्रतिवद्धतालाई उनकै “गंगा प्रपटी” ले खिल्ली उडाइरहेको स्थानियहरु बताउछन् ।

उचित ढल निकासको ब्यवस्था नगरी प्लटिङ गरेका कारण बर्षासँगै डुबान हुँदा सास्ती खेप्नु परेको स्थानीयबासी बताउँछन्  बषौंदेखि डुबानको सास्ती खेप्दै आएका स्थानीयबासीहरुले उचित ढल निकासको ब्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

287037815_597411711546772_5288942350254145733_n

यसअघिको स्थानीय सरकारले प्लटिङ क्षेत्र भएकाले चासो दिएको थिएन । यसपटक प्लटिङ गर्ने मध्येकै अगुवा गंगाप्रसाद खरेल उर्लाबारी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । जसकारण पनि यस पटक ढल निकासका लागि पहलकदमी हुनेमा स्थानीय आशावादी देखिएका छन् ।

प्लटिङका सडकहरु जलमग्न भएका छन् । जसले गर्दा हिँड्न असहज बनेको छ । कुनै समयको यो चर्चित धाबीमा प्लटिङसँगै ठूलो वस्ती निर्माण भइसकेको छ । 

तर, यहाँका स्थानीयबासीको समस्या कसैले बुझेका छैनन् । ‘सडकभरी पानी नै पानी छ, कता खाल्डो हुन्छ पत्तै हुँदैन’ स्थानीय राजन कँडेल भन्नुहुन्छ-‘बर्षौदेखि डुवानको समस्या खेप्दै आइरहेका छौं, कसैको ध्यान पुगेको छैन ।’

285843152_996662197670468_3307453106119456553_n

सोही वस्तीमा उर्लाबारी परोपकार सेवा केन्द्र, सञ्चार क्लब नेपाल, सहकारीलगायत संस्था रहेका छन् ।  डुबानका कारण त्यहाँ पुग्न अत्यन्तै कठिन हुने गरेको सञ्चार क्लब नेपालका पूर्वमहासचिब दिपक वास्तोलाले बताए । 

ढल निकासको उचित प्रबन्धन मिलाइदिन उर्लाबारी नगरपालिकाका मेयर खरेललाई उहाँले आग्रह गर्नुभएको छ । उर्लाबारी परोपकार सेवा केन्द्रमा आउने जेष्ठ नागरिकहरु पनि निकै कष्टपूणर् तरिकाले आउने गरेको उनको भनाई छ ।