काठमाडौं / नेविसंघले काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको छ।

त्रिचन्द्र कलेजका भवन जीर्ण भइसकेकाले पुनर्निर्माण गरिनुपर्ने नेविसंघको माग छ।

नेविसंघले आज कलेज परिसरका सडकमा 'प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने?, भ्युटावर बन्ने त्रिचन्द्र नबन्ने?' जस्ता प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

उनीहरूले त्रिचन्द्र क्याम्पस परिसरमै रहेको घन्टाघर पनि संरक्षण गर्न माग गरेका छन्।

नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण सरकारको प्राथमिकतामा नपरेको पनि बताएको छ।

‘इतिहास ढल्दैछ, सरकार मौन छ,’ उनीहरूले खबरदारी गर्दै भनेका छन्। शिक्षा मन्त्रालयले पनि त्रिचन्द्र कलेज पुनर्निर्माणमा चासो नदेखाएको उनीहरूको भनाइ छ।