उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा फुड फेस्टीबल हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजनामा असार ३,४ र ५ गते फुड फेस्टीबल हुन लागेको हो ।

उर्लाबारी-७ स्थित उर्लाबारी पार्टी प्यालेसमा स्थानिय कलाकारको सास्कृतिक प्रस्तुतिका साथमा कार्यक्रमको आयोजना हुन लागेको आइतवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

३ दिन सम्म संचालन हुने सो कार्यक्रममा स्थानिय पालिकामा बसोबास गर्दै आएका आदिवासी जनजातिको भान्सामा जातिय परम्परा अनुसार पाक्ने खानेकुराको परिकारहरु समावेस गरी ति परिकारहरुको स्वाद आगन्तुकहरुलाई चखाइने भएको हो ।

उर्लाबारी नगरपालिकाको सहयोगमा प्रथम पटक कार्यक्रम संचालन हुन लागेको नेपाल आदिवासी जनजाति महासघ नगर समन्वय समितिका अध्यक्ष मणिलाल श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।