क‍ञ्चनपुर / कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण यहाँको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयले बिदा दिने निर्णय गरेको छ ।

गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

भीमदत्त नगरपालिकाले मङ्गलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । गर्मी बढेसँगै विद्यार्थीहरुलाई समस्या हुने भन्दै भीमदत्त नगरपालिकाले आगामी शुक्रबारसम्मका लागि  विद्यालय बिदा दिने निर्णय गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताउनुभयो । नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी विद्यालय ३४९ र सामुदायिक विद्यालय  २६० रहेका छन् ।