इटहरी । बुद्ध एयरले २७ जेठदेखि विरानटरदेखि पोखरा उडान सुरु गर्ने भएको छ। उडान सातामा तीन दिन हुने बुद्ध एयरले जानकारी दिएको छ। १ घण्टा ५ मिनेटको उडान समय रहेको यो रुटको भाडा ६ हजार ६ सय ७५ रुपैयाँ तोकिएको छ।

बुद्ध एयरले यसअघि पनि उपत्यका बाहिरका सहरहरूबीच उडान गरिरहेको छ। बुद्धले पोखरा–सिमरा, पोखरा–धनगढी, पोखरा भैरहवा, पोखरा–जनकपुरलगायत सहरमा उडान गर्दै आइरहेको छ।