इटहरी । पयर्टन प्रवद्धनमा महत्वपुर्ण भुमिका खेल्ने होटल व्यवसाय सञ्चालनलाई सहज वनाउन सरकारले ब्याज छुटको नीति ल्याउन पुर्वका होटल व्यवसायीले माग गरेका छन ।

   कोभिटका कारण दुई वर्ष सम्म थलिएको होटल व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सरकारले बैंक ब्याजमा छुट्को व्यवस्था गर्नु पर्ने व्यवसायीहरुले माग गरेका हुन ।

   होटल इनटुरिस प्लालेसका सञ्चालक ताथ होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सरकारले बैंक ब्याज ४ प्रतिशतको सुविधालाई  निरन्तरता दिनु पर्ने वताए । सरकारले एक वर्षका लागि मात्र ४ प्रतिशत होटल व्यवसायका लागि ब्याज सुविधा दिएको थियो ।

इटहरीमा रहेको होटल इनटुरिस प्यालेसको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका अतिथीहरुले सरकारले पर्यटन प्रवद्धनमा जोड दिने नीति अपनाउनु पर्ने सुझाव दिए ।  उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले राज्यले पर्यटकीय क्षेत्र वनाउन समेत पहल गर्नु पर्नेमा जोड दिए ।

सुनसरीको इटहरीमा सुविधा सम्पन्न होटलका रुपमा सञ्चालन हुदै आएको होटल इनटुरिट प्यालेसको तेस्रो वार्षिकोत्सवमा सहभागी अन्य अतिथीहरुले पनि पर्यटन प्रवद्र्धनका क्षेत्रमा राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।