धनकुटा । जिल्लामा रहेका सात स्थानीय तह मध्ये तीन स्थानिय तहको अन्तीम नतिजा सार्वजनिक भएको छ । 

जसमा गाउँपालिका अध्यक्षमा धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्गले ५ हजार ३८ मतका साथ बिजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका दल बहादुर मगरले ३ हजार ९९१ मत प्राप्त गर्नु भएको छ । 

उपाध्यक्षमा नेकपा एमालेकी टंकमाया पाङ्गी मगरले ४ हजार ९८३ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने गठबन्धन तर्फका जनता समाजवादीका उपाध्यक्षमा दिवा चेम्जोङ्गले ३ हजार ९८८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  

यसैगरी साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राईले ५ हजार ३९९ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुमार जंग याख्खाले ४ हजार ८२८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी मुना राईले ३ हजार ६९२ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी गठबन्धन तर्फबाट जसपाका लिलाराज लावतीले ३ हजार २१७ मत प्राप्त गर्नुभएको छ ।

धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुुब्बाले ४ हजार ३५९ मत प्राप्त गदैै विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शेरबहादुर लिम्बुुले ४ हजार १६४ मत प्राप्त गरी पराजित हुनु भएको छ । उपाध्यक्ष्मा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी गिता खेवाले ४ हजार ३८७ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ भने उहाँकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी गोमा कार्कीले ३ हजार ६१९ मत प्राप्त गर्नुभएको छ । सहदिभूमि गाउँपालिकामा भने स्थिगित मतदान आज भईरहेको छ । महालक्ष्मी नगरपालिकामा, पाख्रिबास नगरपालिका र धनकुटा नगरपालिकामा भने भने गणना जारी रहेको छ ।