इटहरी । सुक्रबार सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत सुनसरीको इटहरीउपमहानगर स्थित बिभिन्न २५ मतदानस्थलबाट ११ जना क्रियापुत्रीले   मतदान गरेका छन । इटहरी ६ जनता माध्यमिक बिद्यालयबाट २ जना इटहरी ७ माध्यमिक विद्यालयबाट ६ जना र इटहरी १६ को सरस्वती जब्दी माध्यमिक विद्यालयबाट तीनजना गरी ११ जना क्रियापुत्रीले आफ्नो मत सुरक्षित गर्दै मतदान गरेका हुन ।

यसरी मतदान गर्नेहरुमा इटहरी ६ का स्थानीय जय प्रसाद ढुंगाना , उषा ढुंगाना , इटहरी ७का स्थानिय द्रकान्त न्यौपाने, लोकनाथ न्यौपाने, त्रिभुराज न्यौपाने, सपना न्यौपाने, तिला न्यौपाने र उर्मिला न्यौपानेले मतदान गरेका छन् ।

यस्तै, इटहरी १६को सरस्वती जब्दी माध्यमिक विद्यालयबाट  प्रेमप्रसाद न्यौपाने, शोभा न्यौपाने र धर्मकुमारी न्यौपानेले पनि आफ्नो मत सुरक्षित गर्दै मतदान गरेका हुन ।