इटहरी । आसन्न स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गर्दै जिल्ला प्रसाशनको कार्यालय सुनसरीले इटहरी सहित ७ गाउपालिकामा आज ९बिहीबार० राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजे सम्म मानिसहरूको आवत जावतमा रोक लगाउन आदेश गरेको छ । 

भोली ९शुक्रबार० हुने स्थानिय निर्वाचनको सुरक्षा संवेदनलाइ ध्यानमा राख्दै प्रसाशनले यस्तो आदेश जारी गरेको हो । प्रसाशन कार्यालयले इटहरी वडा नं ३ सहित  भोक्राहा नरसिंह गाउँपालिका   कोशी गाउँपालिका  हरिनगरा गाउँपालिका  देवानगन्ज गाउँपालिकामा अति आवस्यकिय काम बाहेक घरबाट ननिस्कन आदेश जारी गरेको हो ।  

त्यसैगरी दुहवी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिकाको वडा नम्बर ३, ९ र १० मा पनि सोहि आदेश जारी भएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । प्रसाशनले व्यक्तिगत तथा सामुहिक रुपमा बाहिर निस्कँदा सुरक्षा निकायसँगको सम्वन्वय गरेर मात्रै निस्कन सुझाव दिएको छ । 

निर्वाचनको सुरक्षा संवेदनसिलता संगै निर्वाचन आचारसहितालाइ पनि मध्यनजर गर्दै जिल्लाको केहि स्थानिय तहहरूमा यो निषेधको आदेश जारि गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।