इलाम । राती पैसा बाँडेको आरोपमा नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका ५ को जमुनामा बुधबार राति पैसा बाँड्न पुगेका उम्मेदवार राईलाई नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाईसमेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्थानीयले उनलाई कारबाही गर्नसमेत माग गरेका थिए ।