मोरङ ।  नेपाली कांग्रेस पार्टीले सुन्दरहरैंचाका सार्वजनिक भवनहरुमा पार्टीको झण्डा राखेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्न थालेको छ । 

सो पार्टीले वडा नम्बर ९ मा रहेको कृषि बजार स्थलको भवनमा पार्टीको झण्डा राखेको हो । 

उता, नेपाली कांग्रेसलाई विद्यालयको फेसबुक पेजबाट पनि भोट माग्ने गरिएको छ । सुन्दरहरैंचा–६ मा रहेको ज्योति माध्यमिक विद्यालयको फेसबुक पेजबाट केही दिनअघि कांग्रेसका मेयरलाई भोट दिन अनुरोध गर्दै स्टाटस लेखिएको थियो । विद्यालयको सो कार्यको व्यापक विरोध भएपछि सो पेजबाट अहिले सो स्टाटस हटाइएको छ ।