इलाम । प्राकृतिक सौन्र्दयका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाईमा पर्दै आएको पूर्वी नेपालको इलाम जिल्लामा रहेको श्री अन्तु पर्यटकहरुको सुविधाका लागि होटलहरु खुल्ने क्रम बढेको छ ।

     सुर्योदय नजिकबाट हेर्न सकिने भएका कारण श्री अन्तु आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाईमा पर्ने गरेको छ । यसैलाई मध्यनजर गर्दै पर्यटकहरु आकर्षित गर्न लामो समय देखि इटहरीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका जयप्रसाद उपाध्यायले एक करोड बढीको लगानीमा धुप्पि कटेज एण्ड भ्यु सञ्चालनमा ल्याएका छन ।278705390_671566970572108_630279789244066397_n

   आन्तरिक पर्यटन पुनःउत्थान समिति प्रदेश नम्बर १ का संयोजक भबिष श्रेष्ठले एक कार्यक्रमका विच होटल धुप्पि कटेज एण्ड भ्युको उद्घाटन गरका हुन  । प्राकृतिक हराभरा , पहाडी क्षेत्रको दृष्य  चियावारी लगायतका क्षेत्रहरुको अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई खाना र बस्नका लागि सहज सुविधा दिन सकियोस भनेर होटल सञ्चालनमा ल्याएको सञ्चालक उपाध्यायले वताए । 278858178_1174516696628809_3250867864443471202_n278887736_1174517293295416_967364188400874189_nहोटल व्यवसायी संघ इटहरीका महासचिव समेत रहेका उपाध्यायले विगत लामो समय देखि होटल व्यवसाय तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा केही टेवा पुर्याउन सकियोस भनेर पनि होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।278794697_1174517329962079_4242720390448651159_n 1

  होटल उद्घाटन कार्यक्रममा होटल व्यवसायी सघका केन्द्रीय उपाध्यक्ष मणिन्द्र कटुवाल नाटाका प्रदेश अध्यक्ष उदय श्रेष्ठ ,होटल व्यवसायी संघ प्रदेश नम्बर १का सचिव तथा आन्तरिक पर्यटन पुनःउत्थान समिति प्रदेश नम्बर १का सहसंयोजक वासुदेव वराल, उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य टंक दुलाल , उद्योग वाणिज्य संघ इटहरीका पुर्व बरिष्ठ उपाध्यक्ष इश्वरी पराजुली होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुली अन्तु होमस्टेका अध्यक्ष धनकुमार मगर ,होटल व्यवसायी संघ अन्तुका सचिव रुद्र घिमीरे होमस्टे अन्तुका सचिव कैलाश प्रधान होटल व्यवसायी संघ इटहरीकी उपाध्यक्ष पुनम थापा मगर ,प्रकास महतो सचिव आरोण कार्की कोषाध्यक्ष बाबुराम गिरी समाजसेव देशबन्धु थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।