सुनसरी : आगामी वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लक्का जवान’ प्रमोसनका लागि  किरण केसी “ राता मकै“ र शिवहरी पौडेल “ मुखमा हान्नु जस्तो“ १ नम्बर प्रदेश आएका छन् । प्रदेश १ का बिभिन्न स्थानमा पत्रकार सम्मेलन गरी स्थानीय माफर्त जानकारी गराउनका लागी उनिहरु  शुक्रबार प्रदेश नम्बर १ आएका हुन् । 

चलचित्र करिब दुई बर्ष अघि नै निर्माण सम्पन्न भएर प्रदर्शनका लागि तयार थियो । तर कोरोना संक्रमणका कारण निर्माण सकिएको दुई वर्षपछि चलचित्र प्रदर्शनमा आउन लागेको उनिहरुले जानकारी दिनुभएको छ । 

हास्य कलाकार शिवहरि पौडेल “ मुखमा हान्नु जस्तो“ को कथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।

२ करेड ४५ लाख भन्दा बढि लागतमा निमार्ण भएको उक्त चलचित्र सबै उमेर समुहले रुचाउने भएकाले १० बर्ष पछि पनी चलचित्रको कथा बस्तु पुराने नहुने कलाकार शिवहरी पौडेलले जनकारी दिनुभयो । उहाले चलचित्रले देश तथा बिदेशमा रहेका नेपाली दर्शकको मन जित्नेमा आफु लगाएत कलाकार टिम  डुक्क रहेको जानकारी दिनुभयो ।