मोरङ । कोरोना कहरका कारण लामो समय सम्म सञ्चालन हुन नसकेर समस्या झेलेका पुर्वी नेपालका पयर्टन व्यवसायीहरु बैंकहरुबाट ऋण नपाउदा थप सेवा सहित सौन्दर्यकरण गर्न कठिनाई भई रहेको गुनासो गर्दछन ।

     लामो समयपछि पयर्टकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेपनि पयर्टकहरुलाई अझ आकर्षित गर्न थप सेवा र सौन्दर्यकरण गर्नका लागि बैंकहरुले ऋण दिन नसक्दा समस्यामा परेको पयर्टन व्यवसायीहरुले गुनासो गर्न थालेका हुन ।

    केही समय यता देखि बैंकहरुले ऋण दिन छोडेकाले पयर्टकहरुका लागि थप सेवा सुविधा वढाउने योजना पुरा गर्न नसकिएको मोरङको लेटाङ ६ मा रहेको लेटाङ भ्यु टावरकी सञ्चालिका मिना श्रेष्ठ लिम्बु वताउछिन । लेटाङ नगरपालिकाको वडा नम्बर ६मा पर्ने गुवावारीको डाँडामा नीजि लगानीमा लिम्बु परिवारले होटल सहित भ्यु टावर सञ्चालन गर्दै आएका छन ।vlcsnap-2022-04-17-14h25m55s917 चिसो हावासंगै भ्यु टावरबाट लेटाङ तथा तराई क्षेत्रको दृष्यावलोकन समेत गर्न सकिने भएका कारण आन्तरिक पर्यटकहरुको आकर्षण दिन प्रतिदिन वढी रहेको छ ।

    भ्यु टावरबाट दृष्यावलोकनका लागि झापाबाट आएका आन्तरिक पयर्टक बाल उद्यान सहितका अन्य सामाग्रीहरु समेत थप्नु पर्ने सुझाव दिन्छन । त्यसै गरी इटहरीबाट आएकी रञ्जना पौडेल पनि भ्यु टावरले आन्तरिक तथा वाह्य पयर्टकहरुलाई आकर्षित गरिरहेपनि चिल्डे«न पार्क लगायतका अन्य आकर्षण थप गरिए अझ पयर्टकहरुलाई आकर्षित गर्न सकिने वताउछिन ।vlcsnap-2022-04-17-14h26m03s264

 यता भ्यु टावरकी सञ्चालिका लिम्बु भने कोरोना कहरपछि केही मात्रमा पयर्टकीय गतिविधि बढेपनि थप सेवा सुविधा वढाउन बैकले ऋण नदिएका कारण गर्न नसकिरहेको वताउछिन । उनी बैकले ऋण दिए अझ भ्यु टावर क्षेत्रलाई आकर्षक वनाउने योजना रहेको समेत सुनाउछिन ।

 पुर्वी नेपालका केही वर्ष यता देखि आन्तरिक तथा वाह्य पयर्टकहरुलाई आकर्षित गर्न विभिन्न किसिमका पार्कहरु सञ्चालन गर्ने क्रम बढी रहेका छन ।