रामधुनी : रामधुनी ५ झुम्काको आरम्भ विद्या मन्दिरले आफ्नो अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका सम्पन्न गरेको छ । बुधबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा भएको कार्यक्रममा कक्षा एलकेजी देखि कक्षा ७ सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम सम्पन्न भएको हो  । 

विद्यालयमा विद्यार्थीहरू पढ्न मात्रै नभइ अतिरिक्त क्रियाकलाप संगीत नृत्य, कथा कविता र नाटक अभिभावकको अगाडि विद्यार्थीले प्रस्तुती देखाएका थियो ।  

नगर शिक्षा शाखाले विद्यालयहरूले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहेको र आरम्भको प्रगति राम्रो भएको रामधुनी नगरपालिकाको शिक्षा शाखाका प्रमुख राजन कुमार गेलालले बताउनुभयो । उहा ले आगामी वर्षबाट कक्षा ८ सम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको आरम्भलाई आफूहरूले अनुमति दिने समेत जानकारी दिनुभयो । 

पढाइमात्रै नभएर अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अग्रसर विद्यार्थीलाई  बनाउनु पर्ने र आरम्भका विद्यार्थीले देखाएको अतिरिक्त क्रियाकलापको प्रस्तुती एकदमै राम्रो भएको रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकालले बताउनुभयो  । उहा ले आफ्ना नानीबाबुहरूलाई कस्तो सिकाइ हासिल गरिहेका छन् भनेर अभिभावकहरूले बेला बेलामा विद्यालयमा गएर नियालिदिन  आग्रह समेत गनुभयो । 

bidha