पथरी । २०७७ माघ देखी इलाका प्रहरी कार्यालय पथरीको जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक कृष्ण खड्काको १५ महिने जागिरे अवधी समाप्त भएको छ ।

भौगोलिक रुपमा उत्तरीपुर्वी मोरङमा सुरक्षाको हिसावले जटिल मानिने पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउपलिकाको भुगोलमा बसोवास गर्ने नागरीकलाई सुरक्षा प्रत्याभुती गराउनु आफैमा एउटा चुनौतिपुणर् छ ।

दुवै पालिकाको ३ तिर चारकोसे झाडीले घेरीएको यस क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई न्युनिकरण गर्नु प्रहरी प्रशासनलाई अन्यक्षेत्रमा कार्यरत प्रहरीलाई भन्दा जोखिमपुूणर् र चुनौतिपूणर् मानिन्छ ।

“अपराधमा समलग्नलाई कानुनी दायरामा ल्याउनु मात्रै प्रहरीको सफलता हैन, समाजमा अपराध हुन नदिनु प्रहरीको पहिलो जिम्मेवारी हो ।” ठान्ने डिएस्पी खड्काको १५ महिने जागिरे अवधि समाप्त भएको छ । 

यस अवधिमा उनले पथरी इलाका प्रहरी कार्यलयको जिम्मेवारी सम्हालीरहदा अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने सवालमा समझीन लायक कार्यहरु गरेर विदा भएका छन् ।

समाजमा हुने अपराधिक गतिविधीलाई न्युनिकरण गर्ने, अपराधिलाई कानुनी कठघरामा उभ्याउने र पिडीतलाई कानुन बमोजिम राहत र क्षतिपुर्ति दिलाउने कार्यमा उनको कार्यकालमा प्रहरीले धेरै कार्यहरु गर्‍यो ।

जसमध्ये खड्काले १५ महिनाको अवधिमा २ सय ४१ वटा मुद्दा दर्ता गराएको तथ्य छ । भने, सोही मुद्दामा २ सय ३७ जनालाई पक्राउ गरी कानुनी कार्वाहीमा ल्याएको देखीन्छ । 

यस्तै दर्ता भएका मुद्दा मध्ये सवैभन्दा धेरै लागुऔषध सम्वधी ३४ वटा मुद्दा रहेका छन् । सो कार्यमा समलग्न ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कार्वाही गरेको देखीन्छ । 

यस्तै प्रतिबन्धीत औषधी कारोबारमा समलग्न १७ र लागुऔषध अपराधमा ८७ गरी १ सय ७४ जनालाई कानुनी कार्वाहीमा परेको तथ्याङक रहेको छ । प्रहरीको यो तथ्याङकले पथरी र कानेपोखरीमा लागुऔषध दुव्र्यशनीको कारोवार र कुलतमा युवाहरुको रुची बढ्दो ग्राफमा रहको इङकित गर्दछ ।

यस्तै प्रहरीले १५ महिनाको अविधिमा कर्तव्य ज्यान मुद्दाका ४ वटा घटनामा सफलता हात पारेको छ । जसमा २०७७ चैत्र ७ गते राति पथरीशनिश्चरे वडा नम्वर-८ का ५० वर्षिय खड्गबहादुर तामाङ हत्या प्रकरणमा समलग्न ९ जनालाई पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याएको छ । 

यस्तै २०७८ पुष २४ गते पथरीशनिश्चरे वडा नम्वर २ बस्ने पुजा विकलाई कुटपिट गरी हत्या गर्ने उनका श्रीमान जय कुमार शर्मालाई पक्राउ गर्न सफल भएको थियो यस्तै २०७८ माघ १२ गते सोही वडा बस्ने ९२ वर्षिय आफ्नै आमालाई घरमा हत्या गरी जंगलमा लगेर जलाउने कमल श्रेष्ठलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याएको थियो ।

यस्तै सोही महिना भारत हरियाणा घर भई पथरीमा व्यवसाय गर्दै आएका रामकृष्ण मियालाई उदयपुरको कटारीमा हत्या गरी शव फाल्ने कमल थापालाई पक्राउ गरी कानुनी कार्वाहीमा ल्याएको थियो ।

यो अवधिमा कार्यकालमा घरेलु हिंसा, कुटपिट, झै-झगडा र विवादका जम्मा ३ सय ८० वटा ठाडो उजुरी परेको देखीन्छ भने ति मध्येका २ सय ९० वटा निवेदनहरुमा सम्बधित पक्षविच मिलापत्र गराई समस्या समाधान गराएको पाइन्छ ।

यस्तै सवारी दुर्घटनाका २ सय ३० वटा मुद्दा १५ महिनाको अवधिमा दर्ता भएका छन् । सवैमा मिलापत्र र सहमतिमा समस्या समाधन गरीएको खड्काको भनाई छ । 

यस्तै मानिस हराएको १ सय ५० वटा निवेदन दर्ता भएको र केही बाहेक अन्यलाई खोजी गरी आफन्तको जिम्मा लगाउन प्रहरी सफल भएको खडकाले बताए ।

यस्तै उनको १५ महिने कार्यकालमा विश्वभरीनै महामहारीको रुपमा रहेको कोभिड १९ को दोस्रो र तेस्रो भेरियन्टका कारण आक्रान्त बनेको जनजिवनलाई सहजतातर्फ उन्मुख गराउन उनकै नेतृत्वमा तपाईको माक्स खै? कार्यक्रम सञ्चालन गरेर जनचेतना फैलाउने कार्य समेत प्रहरीले गरेको थियो ।

यस्तै आगोलागी सम्वधी ४५ वटा जनचेतमा मुलक कार्यक्रम, लागुऔषध सम्वधी ८, छुवाछुत र महिला हिसा विरुद्धको २ गरी समुदाय स्तरका ५५ वटा कार्यक्रमहरु समेत सञ्चालन गरेको थियो ।

१ वर्ष ३ महिनाको अवधिमा पथरीशनिश्चरे र कानेपोखरी गाउपालिकाको विभिन्न क्षेत्रमा घटेका घटनाहरुलाई हेर्दा सवै भन्दा धेरै लागुपदार्थ दुव्र्यशनीका घटना सो सग सम्वधीत उजुरी परेको प्रहरीको तथ्याङकले देखाएको छ ।

तसर्थ अपराधको कारक मध्येको मुल कारक लागुपदार्थ दुव्र्यशनीको बढ्दो ग्राफलाई न्युनिकरण गर्न स्थानिय सरकार, सम्वधीत सरोकारवाला निकाय एवम सवै नागरीकको ध्यान जानु आवश्यक देखीन्छ ।