उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीले पछिल्लो समय अपराध न्युनिकरण र सामुदाय स्तरमा शान्तिसुरक्षा कायम गर्न सक्रिय रुपमा लागि परेको छ ।

प्रहरीले विषेश गरी लागुपदार्थ ओसारपसार, चोरीपैठारी, ठगीका केसहरुलाई विषेश ध्यानमा राखेर सामुदायिक शान्ति कायम गर्ने कार्ययोजनालाई अगाडी बढाउदै लगेको छ ।

जसको फलस्वरुप इलाका प्रहरी कार्यालय उर्लाबारीले नेपाल सरकारले खुल्ला रुपमा बेचबिखन गर्न प्रतिबन्ध लगाएको १ हजार १ सय ४० थान प्रतिवन्धित औषधि सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले फागुन २ गते बुधबार उर्लाबारी-४ स्थित आइतबारे चौकबाट उनिहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी न.पा ४ बस्ने बर्ष २४ का कुमार राई, ऐ.ऐ. बस्ने बर्ष २२ का विशाल लिम्बु र उर्लाबारी १ बस्ने बर्ष २५ का उदब पराजुलीलाई प्रतिबन्धित औषधिTramadol %&) क्यापसुल र स्पासपेन Spaspain Tablet   ५७०  गरी ११४० चक्की प्रतिबन्धित औषधि र प्र १-०१-०१२ प ७०९७ नम्बरको स्कुटर सहित पक्राउ गरी आबस्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्काले बताए ।

यस्तै प्रहरीले फागुन १ गते मंगलबारका दिन उर्लाबारी नगरपालिका ७ स्थित पुर्ब पश्चिम राजमार्ग बाट अबैद्ध रुपमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका कपडा सहित पिकप भेनलाई नियन्त्रणमा लिएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको मे १ ज १८२१ नं.को पिकअप गाडीलाई चेकजाचका क्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पिकपमा लुकाइछिपाई ल्याउदै गरेको १८ पोका पर्दाको कपडाहरु, सारी, कुर्ता, सर्टको कपडा, डोर म्याट, तन्ना, नेट कपडा सहित पिकप र सोका चालक भद्रपुर नगरपालिका वडा नम्वर ४ बस्ने ऋषी कामतलाई नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परको सामानको हालको बजार मुल्य अनुसार ८ दखी १० लाख पर्न आउने प्रहरीले जनाएको छ । पक्राउ गरेको पिकपलाई आवश्यक कार्वाहीका राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको  निरिक्षक खड्काले बताए ।