मोरङ । होली पर्वको अवसर पारेर मोरङको सुन्दरहरैचा ५मा रहेको  राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालामा फूलको होली खेलेर मनाइने भएको  छ ।

   विगत वर्ष १२ वर्ष देखि धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावनमा फूलको होली खेलेर मनाउने गरिए झै यस वर्ष पनि आगामी चैत्र २ गते होली मिलन महोत्सव आयोजना मनाउन लागिएको हो ।

    धार्मिक कार्यक्रमहरुमा फूलको होली खेलिने गरे बमोजिम बिगत १२ वर्ष देखि नयाँ वृन्दावन गौशालामा पनि फूलको होली खेल्ने गरिएको गौशालाका संरक्षक  दिनवन्धु शास्त्रीले जानकारी दिए ।20220312_130157

संरक्षक शास्त्रीले मिसावटयुक्त रंग दलेर होली खेल्दा स्वास्थ्यमा समस्या आउने तथा वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फूलको होली खेलेको प्रसंग जोड्दै आफुहरुले पनि फूलको होली खेलेर होली मिलन महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । 20220312_130211विगतका दुई वर्ष कोरोना कहरका कारण केही कठिनाइ भएको भएपनि गएका वर्षहरु झै यस वर्ष फागुपूर्णिमाको अघिल्लो दिन चैत्र २ गते होली मिलन कार्यक्रम राखिएको वताइएको छ  । होली मिलन महोत्सवमा धार्मिक सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने आयोजक सस्थाले जनाएको छ ।