इटहरी । पछिल्लो समयमा लोकप्रिय बन्दै आएको सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुले समाज सेवाका क्षेत्रमा समेत योगदान गर्न थालेका छन ।

 यसै क्रममा  टिकटक प्रयोगकर्ताहरुको सस्था हाम्रो जन्मभुमी सामाजिक संस्थाले सुनसरीको इटहरी १५ मा रहेको शम्भुनाथ माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

    संस्थाकी केन्द्रीय सदस्य तुलसा श्रेष्ठको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लखनलाल चौधरीको आतिथ्यमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।IMG_1042

हाम्रो जन्मभुमी सामाजिक संस्थाका बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ सल्लाहकार श्याम खतिवडा लगायतले कक्षा नर्सरी देखि कक्षा ८ सम्मका विद्यार्थीलाई व्याग तथा कापी  लगायतका सामाग्री वितरण गरेका थिए ।IMG_1060

शैक्षिक सामाग्री व्यागको अभावमा विद्यार्थीले  हातैमा किताव वोकेर जादाँ च्यातिने हराउने समस्यालाई मध्यनजर गर्दै ब्याग वितरण गरिएको साथै न्युन आय भएका विद्यार्थी अध्ययनरत रहेको जानकारी पाएर केही मात्रमा भएपनि सहयोग पुगोस भन्ने उद्धेह्यले  कापी समेत उपलव्ध गराएको कार्यक्रम संयोजक टिकटकर उमेश गौतमले जानकारी दिए ।  

विद्यार्थीलाई ६०वटा ब्याग र एक सय ५० दर्जन कापी वितरण गरिएको गरिएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा टिकटकरहरु मञ्जु खतिवडा , राजन भट्टराई विद्यालयका प्रद्यानाध्यापक भिम भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।