उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. १ र २ को पर्यटकीय क्षेत्र सिमसारलाई  जोड्ने सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ ।

आइतवार  एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । 

सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख फागोले विकासका काममा सबै एकजुट हुनुपर्ने बताए । 

उनले दलगत स्वार्थले विकासलाई अवरोध गर्ने बताउँदै सबै जुटे स्थानिय स्तरको विकासमा हातेमालोे गर्नुपर्ने बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद आचार्यले ९२ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको बताए । 

उक्त रकममध्ये ७८ लाख स्वीस सरकारको सहयोगमा संघीय झोलुङ्गे पुल आयोजनाबाट, ८ लाख टिविएसयुबाट, ५ लाख ५६ हजार उर्लाबारी नगरपालिकाबाट र दुई प्रतिशत रकम जनश्रमदानबाट जुटाइएको उनले बताए 

उक्त पुलको निर्माण कार्य गतवर्ष नै सकिएको भएपनि कोभिड महामारीका कारण उद्घाटन हुन सकेको थिएन । 

पुल निर्माण भएपछि उर्लाबारी १ र २ वडाका बासिन्दालाई आवतजावतमा सहज भएको छ भने यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने देखिएको छ ।

यस्तै कार्यक्रममा विशिष्ठ अतितिको रुपमा रहेकी उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले विकासका कार्यमा स्थानीय उत्तिकै जागरुक भएर लाग्नुपर्ने बताइन् ।