धादिङ । पर्यापर्यटन तथा स्थानीय पर्यटन पुर्वाधार विकास कार्यक्रम अन्र्तगत धादिङका विभिन्न पालिकामा पर्यटन पुर्वाधार विकासका योजना सञ्चालन भई रहेका छन ।

     डिभिजन वन कार्यालय धादिङले पर्यापर्यटन तथा स्थानीय पर्यटन विकासका २० वटा योजनाका लागि बजेट विनियोजन गरे बमोजिम विभिन्न ठाउँमा पर्यटन पुर्वाधारका कार्यक्रमहरु सञ्चालन गरिदै आएको हो ।

   पर्यापर्यटन तथा स्थानीय पर्यटन पुर्वाधार विकास कार्यक्रम अन्र्तगत धादिङमा २०वटा योजनाका लागि २ करोड ९० लाखका विनियोजन गरिएको मध्ये १६वटा योजनाको काम भई रहेको डिभिजन वन कार्यालय धादिङका इन्जीनियर गोकुल दर्लामी वताउछन । आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न सकियोस भन्ने उद्धेश्यले पर्यापर्यटनका लागि विनियोजन गरिएको रकमले धेरै जसो ठाउँमा डाडामा पर्यटकीय क्षेत्र वनाउने काम भई रहेको समेत इन्जीनियर दर्लामीले जानकारी दिए ।vlcsnap-2022-02-27-11h17m52s342 3

   डिभिजन वन कार्यालयको सहयोगमा निर्माण गरिदै आएको देवीप्रसाद किसान पार्कमा वाल लगाउने , शौचालय निर्माण तथा वाटो ढलानको काम भई रहेको पार्कका अध्यक्ष विदुरप्रसाद रुपाखेती वताउछन ।

त्यसै गरी ढेवालेख सिद्धलेख पर्यटन पुर्वाधार निर्माण समितिले सिद्धा देवी क्षेत्रमा गरिरहेको पर्यटन पुर्वाधार विकास अन्र्तगत मन्दिर सम्म पुग्ने आरसीसी सिडी ,रेलिङ र शौचालय निर्माणको काम भई रहेको समितिका अध्यक्ष तुलाराम श्रेष्ठ वताउछन ।vlcsnap-2022-02-27-11h31m18s005 2

   डिभिजन वन कार्यालयकै सहयोगमा अनकन्य पर्यटन विकास योजनाको अधुरो काम पुरा गर्ने कार्य अन्तरगत १० लाखको लागतमा सिडी , गेट निर्माण लगायतका काम हुँदै आउको अध्यक्ष धनवहादुर मगरले वताए ।

जिल्लाकै  गंगाजमुना गाउँपालिकाको  वुढाथुमको सरस्वती वालवाटिका पार्कमा पनि जग्गा संरक्षणका लागि वाल लगाउने वृक्षारोपण लगायतका कामका लागि १५ लाख रुपैया डिभिजन वन कार्यालय धादिङले सहयोग गरेको अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए ।vlcsnap-2022-02-27-11h16m00s210 3

 डिभिजन वन कार्यालयको सहयोगमा निर्माण भई रहेको पर्यटकीय क्षेत्रहरु डाडामा रहेका कारण समेत हिमाली क्षेत्रका दृष्य तथा तलका गाउँ वस्तीका दृष्यावलोकनका गर्न सकिने छ । डिभिजन वन कार्यालयकै सहयोगमा अहिले अनकन्य पर्यटन विकास योजनाको अधुरो कामहरु , सरस्वती वालवाटिका पार्क लगायतका पर्यटकीय क्षेत्रमा पर्यापर्यटनका कामहरु तिव्र गतिमा भई रहेका छन ।