धादिङ । ऐतिहासिक महत्व बोकेको मलेखु ,खप्पर खोला,मयुम  खोला र त्रिशुली नदीको संगम स्थल आसपासमा धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्ने लक्ष्य सहित पुर्वाधार निर्माणका कामहरु तिव्र रुपमा हुदै आएको छ ।

   धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ मा आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित गर्ने उद्धेश्यले धार्मिक पर्यटकीय क्षेत्र वनाउने कार्यले तिव्रता पाउदै आएको हो ।

   धार्मिक पर्यटकीय क्षेत्रको परिकल्पना गरि सांसद भुमि त्रिपाठी , गाउपालिकाका अध्यक्ष पितवहादुर बल्लाकोटी र वडाध्यक्ष भुवन त्रिपाठीको अगुवाईमा धाम वनाउने कार्यको प्रारम्भ भएको  मधुमती त्रिसुली इको पार्क निर्माण उपभोक्ता समितीका कोषाध्यक्ष   दिवाकर कडेलले जानकारी दिए ।vlcsnap-2022-02-26-09h56m31s926

 २०७६साल वाट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्य प्रारम्भ गरेर सामुदायिक भवन निर्माण , मन्दिर वनाउने , पार्क वनाउने लगायतका कामहरु हुदै आएको समेत कोषाध्यक्ष कडेलले बताए ।

   काठमाडौंबाट ७० किलोमिटरको दुरीमा पृथ्वी राजमार्ग संगै रहेको धाम  निर्माण स्थलमा मन्दिर पुजाअर्चना गर्न सकिने , त्रिशुली नदिमा र्याप्टीङको मज्जा लिन सकिने ,दृष्यावलोकनका लागि उपयुक्त स्थान रहेको र वालवालिकालाई लक्षित गरि पार्क वनाउने काम समेत हुदै आएको जनाइएको छ । vlcsnap-2022-02-26-09h56m54s746

सो क्षेत्रमा परापयावरण संरक्षणमा जोड दिदै वृक्षारोपण,बालबालिका तथा बृद्धहरुका लागी पार्क  सहित त्यस क्षेत्रको थप सौन्दर्यतकरण गर्नका लागि डिभिजन बन कार्यालय धादिङले मधुमती त्रिसुली इको पार्क निर्माणका  लागी  १५लाख बजेट विनियोजन गरेको डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले जानकारी दिए ।

 ऐतिहासिक महत्व वोकेको त्रिशुली नदी , मलेखु खोला,मयुम खोला र खप्पर खोलाको संगम स्थल मरण घाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र वनाउने कार्य सम्पन्न भएपछि आन्तरिक तथा वाह्य पर्यटकीय गतिविधि वढी यो क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।