इटहरी ९ मा सञ्चालित ग्रीनपिस लिंकन कलेजले इन्टेलेक्ट २०२२ कार्यक्रम आयोजना गरेको छ ।

कलेजको बीबीए ८ औ सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरूले आयोजनामा कार्यक्रममा बिभिन्न शीर्षकमा विद्यार्थीहरू बिच  इन्टेलेक्ट गराइएको थियो । अध्ययनको क्रममा मार्केटिङ, पब्लिक रिलेसन, मानव संसाधन विकास लगायतका ५ विषयमा विद्यार्थीहरू बिच प्रतिस्पर्धा गराइएको थियो । बी बी ए ८ औ सेमिस्टारको  यो कार्यक्रम तेस्रो संस्करण हो । यो वर्षको इन्टेलेक्ट २०२२ को उपाधि भने बिनोद घिमिरे प्राप्त गर्नुभएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागी व्यवहारिक शिक्षालाई विशेष प्राथमिकता दिदै कलेजले यो कार्यक्रम २०१८ बाट आयोजना गदै आएको छ । कार्यक्रममा कलेजका प्रधानाध्यापक मुक्ति सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. तारा निरौला रहनुभएको थियो । प्रमुख अतिथि निरौलाले कलेजमा अध्ययनरत विद्यार्थीहरूको विषयगत पढाईलाई प्रयोगात्मक रुपमा बिद्यार्थीबिच प्रतिस्पर्धा गराउने कार्य अत्यन्त उदाहरणीय भएको बताउनुभयो । 

कार्यक्रममा ग्रीनपिस लिंकन कलेजका ७६ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यो वर्षको इन्टेलेक्ट २०२२ को उपाधि जित्ने सबैलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो । कलेजले समय समयमा विषयगत पढाईलाई प्रयोगात्मक रुपमा बिभिन्न कार्यक्रम आयोजना गदै आएको छ ।