धादिङ । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरि धादिङमा रहेको भैरवी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने काम भईरहेको छ ।

     भक्तजनहरुको भाकल पुरा हुने तथा चिताएको कुरा पुरा गरिदिने आस्थाका कारण श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ६सुनौलो बजारमा रहेको भैरवी मन्दिरको सौन्दर्यकरणको काम हुदै आएको हो ।

    राम शाहको पालामा भैरवी मन्दिरको निर्माण भएको तथा पृथ्वी नारायण शाह नुवाकोट आक्रमण गर्न जादा कोट स्थापना गरि बास बसेको र पछि गुठी प्रदान गरेको किम्वदन्ती रहेको छ ।

 भैरवी मन्दिरमा पुजाअर्चना गरे सोचेका कुराहरु पुरा हुने विश्वासले टाढा टाढा देखि पनि मानिसहरु पुजा गर्न आउने गरेको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका सचिव कृष्णबहादुर श्रेष्ठ वताउछन । vlcsnap-2022-02-24-16h33m04s518

जिल्लाकै प्रख्यात मन्दिर भएपनि प्रचारप्रसारका अभावमा ओझेलमा पर्दै आएको भैरवी मन्दिर क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी पर्यटन पुर्वाधारका कामहरु भई रहेको समेत सचिव श्रेष्ठले जानकारी दिए ।

 भैरवी मन्दिरमा भाकल गरे रोगव्याधी हटने लगायतका विश्वासले आफुहरु पुजाअर्चनाका लागि आउने गरेको रविना श्रेष्ठ वताउछिन ।vlcsnap-2022-02-24-16h34m29s180

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सके यो क्षेत्रको विकासमा समेत सहयोग पुर्याउन सकिने तर्फ मध्यनजर गर्दै सौन्दर्यकरणका कामहरु भई रहेको स्थानीय नरकुमार थापा वताउछन । त्यसका लागि विभिन्न काम हुदै आएको समेत थापा सुनाउछन ।

भैरवी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि २०७०सालमा भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति गैरसरकारी संस्थाका रुपमा स्थापना गरी २०७४सालमा पुराण लगाएर २ कारोड ४ लाख संकलन भएको रकम बाट पर्यटन पुर्वाधार विकासका काम भई रहेको सचिव श्रेष्ठले जानकारी दिए ।vlcsnap-2022-02-24-16h33m20s900

  समुन्द्र सतहबाट १७सय ३०मिटर उचाईमा रहेको भैरवी मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउनका लागि राष्ट्रिय योजना आयोगले ४ करोड क्रमागत रुपमा उपलव्ध गराएको तथा संघीय तथा प्रदेस सासद सहित वडाहरुबाट समेत सहयोग हुदै आएको र केही वडा बाट आउन बाँकी रहेको वताइएको छ । 

भैरवी मन्दिर क्षेत्रलाई पर्यटन पुर्वाधार विकास गर्ने क्रममा पार्क,पिकनिक स्पोष्ट , बाटो , मन्दिर सम्म पुग्ने सिडी रेलिङ निर्माण काम सम्पन्न भई सकेको छ ।