उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको बक्राघाट निर्माणले गति लिएको छ ।

घाट निर्माणको पहिलो आधार सो स्थान सम्म पुग्नका लागि यति बेला सडक विस्तारको काम धमाधम भै रहेको छ ।  

घाट सम्म पुग्नका लागि २० फिटको सडक विस्तार गरिएको र सडक ग्राभेल गर्ने तयारी भइरहेको उर्लाबारी नगरपालिकाले जनाइएको हो । स्थानिय ३५ जनाले २०३६ सालदेखी चर्चेको जग्गा मध्ये ४ विगाह जग्गा नगरापलिकालाई घाट निर्माणका दिन सहमत भएपछि आधुनिक र व्यवस्थित बक्रा घाट निर्माणमा  नगरपालिका लागि परेको हो । 

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा घाट निर्माणको प्रक्रिया अघि बढेको हो । उर्लाबारी वडा नं. ४ मा आधुनिक घाट निर्माणको प्रक्रिया अघि बढिसकेको स्थानीयले बताए ।

घाट निर्माणका लागि यतिवेला उर्लाबारीका मेयर फागो स्वम् खटिने गरेका छन् । उनि घाटका आगि आवश्यक पर्ने जग्गा खोज्नेदेखि सडक विस्तार हुदै निर्माणका लागि छुट्टयाइएको जग्गा संरक्षणका लागि घेराबारा गर्ने काममा समेत खटिदै आएको स्थानियको भनाई छ ।

स्थानीय विनोद दाहालको नेतृत्वमा रहेको जग्गा खोज समितिले ४ विघा जग्गा नगरपालिकालाई दिन पहल गरेको थियो ।

उर्लाबारी नगरपालिकाले यसअघि नै बक्राहा घाट निर्माण गर्ने योजना बुनेको भएपनि जग्गाको अभावका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । मेयर फागोले जग्गाधनीहरुसँग पटक पटक छलफल गरेपछि घाट निर्माणका लागि ४ विघा जग्गा दिन राजी भएका थिए । 

उर्लाबारीको बढ्दो जनसख्या र जनघन्तवलाई मध्यनजर गर्दै आगामी १ सय वर्ष सम्मका लागि सहज हुने गरीको सात वटा साधरण प्रकारको र ३ वटा विधुतीय शव जलाउने स्थान सहितको किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रसस्त पार्कीङ  सहितको आधुनिक बक्राघाट निर्माण गर्ने योजना नगरपालिकाले लिएको छ । 

नगरपालिकाले व्यवस्थित घाट निर्माणको प्रक्रियालाई अगाडी बढाउन ७० लाख रुपैया विनियोजन गरेको छ । 

विनियोजित रकम बाट घाट निर्माणको काम अगाडी बढाउने र क्रमागत रुपमा बजेट विनियोजन गर्दै अपुग रकमलाई देशविदेश बाट सहयोग संकलन गरेर विकास गर्दै आधुनीक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थयमा परेको असरलाई न्युनिकण गर्ने लक्ष्य नगरपालिकाको रहेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।