विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्रान्डहरू नेपाल भित्र्याउँदै आएको ओलीजी स्टोरको नयाँ शाखा इटहरीमा खुलेको छ ।

इटहरीको धरान रोडमा नयाँ शाखाको उघोग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभएको थियो । उपत्यका बाहिर एप्पलको पहिलो आधिकारिक स्टोर भएको ओलिज स्टोर काठमाडौँका  सञ्चालक लोकेश ओलीले जानकारी दिनुभयो । 

स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्ड का जेन्युन ग्याजेट तथा एसे सरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसे सरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरूलाई थप सुविधा थपिने ओलिज स्टोर इटहरीका  सञ्चालक  जर्मन पौडेलको भनाई छ । खरिद गरिएका सामग्रीमा ग्यारेन्टी र इन्स्योरेन्सको सुविधा रहेको  पौडेलले जानकारी दिनुभयो  ।