उर्लाबारी । मानव जिवनको मृत्यु पछिको अन्तिम सस्कार गर्ने आर्यघाट निर्माणका लागि मोरङ उर्लाबारीका स्थानियले ४० वर्ष देखी चर्चेको ४ विघा जमिन स्थानिय सरकारलाई दिएका छन् ।

२०३६ सालदेखी जोतभोग गर्दै आएका स्थानिय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राघाट निर्माणका जग्गादिन तयार भएपछि उर्लाबारीमा मोरङ जिल्लाकै ठुलो र व्यवस्थित आर्यघाट बन्ने भएको छ ।

जग्गा अभावकै कारण अलमलमा परेको योजनालाई सार्थकता दिन मेयर फागोको सक्रियतामा ४० वर्ष अगाडी देखी जोतभोग गर्दै आएका स्थानिहरु बक्राघाट निर्माणका लागि आफुले चर्चेको जमिन दिन तयार भएपछि योजनाले पुणर्ता पाउने भएको छ ।

घाट निर्माणका उर्लाबारी नगरपालिकाको टोली र स्थानिय जग्गादाताहरुको उपस्थितिमा बुधबार ४ विगाहा जग्गा छुट्टाएर डिपिआरको लागि प्रक्रिया अगाडी बढाइएको जग्गा व्यावस्थापन समितीका संयोजक विनोद दाहलले बताए । 

उर्लाबारीमा व्यवस्थित घाट नहुदा पुर्वपश्चिम राजमार्ग सगै जोडिएको स्थानमा शव जलाउने र उपस्थित मलामीका कारण बाटोमा यात्रा गर्नेहरुले समेत सास्ती खेप्दै आएको देखेर आफुले चर्चेको जमिन भएपनि सवैको सहजताका लागि नगरप्रमुखको अनुरोध अनुसार पालिकालाई जमिन दिएको स्थानिय जग्गादाता गोपाल कटुवाल बताउछन् ।

बक्रा नदीमा दिनमा औसत ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याउने गरीएको भएता पनि व्यवस्थित घाट नहुदा जथाभाबी रुपमा शव जलाउनाले नदी किनारमा बसोवास गर्ने समुदायको जनस्वास्थ्यमा असर पर्नुका साथै नदीको शौन्र्दयता र बरीपरीको वतावरण समेत दुषित र दुर्घन्धीत बनेको देखेपछि नगरपालिकाको अनुरोधमा जग्गा दिन तयार भएको अर्का स्थानिय जग्गादाता लोकबहादुर कटुवालको भनाई छ ।

उर्लाबारी नगरपालिकाको गौरबको योजनाका रुपमा लिएको बक्राघाट निर्माणको काम जग्गा अभावका यस अघि अगाडी बढ्न सकेको थिएन् । यसपटक भने स्थानियहरुले जग्गादिन सहमत भएपछि व्यवस्थित घाट निर्माणको प्रक्रियामा नगरपालिका लागेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको भनाइ छ ।

मेयर फागोका अनुसार-उर्लाबारीको बढ्दो जनसख्या र जनघन्तवलाई मध्यनजर गर्दै आगामी १ सय वर्ष सम्मका लागि सहज हुने गरीको सात वटा साधरण प्रकारको र ३ वटा विधुतीय शव जलाउने स्थान सहितको किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रसस्त पार्कीङ  सहितको आधुनिक बक्राघाट निर्माण हुने उनले बताए ।

नगरपालिकाले व्यवस्थित घाट निर्माणको प्रक्रियालाई अगाडी बढाउन ७० लाख रुपैया विनियोजन गरेको छ । 

विनियोजित रकम बाट घाट निर्माणको काम अगाडी बढाउने र क्रमागत रुपमा विकास गर्दै आधुनीक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थयमा परेको असरलाई न्युनिकण गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।