इटहरी । कोरोना भाइरसको तेस्रो लहर दिनप्रतिदिन बढी रहेको समयमा मानिसहरुको चहलपहल हुने पर्यटकीय क्षेत्रहरु समेत सुनसान हुन थालेका छन ।

      नेपाल सरकारले भाइरस फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन गत पौष २७ गतेबाट निर्देशन गरेसंगै पर्यटकीय क्षेत्रहरुमा समेत मानवीय चहलपहल घट्न थालेको हो ।

   नेपाल सरकारले घोषणा गरेको एक सय गन्त्वय स्थल मध्ये पर्न सफल सुनसरीको तालतलैया क्षेत्रमा समेत कोरोना कहरका कारण पर्यटकीय गतिविधि घट्न थालेको छ । कोरोना कहरका कारण पर्यटकहरु आउन छोडेपछि पर्यटकीय क्षेत्र तालतलैयालाई ब्यवस्थापनमा समस्या पर्न थालेको छ । कोरोना संक्रमणको जोखिम बढी रहेका कारण  नेपाल सरकार तथा सुनसरी प्रशासनले समेत स्वास्थ्य सुरक्षाका लागि भिडभाड नगर्न साथै धेरै मानिसहरु जम्मा नहुन निर्देशन गरेपछि तालतलैया क्षेत्रमा   पर्यटकीय गतिविधि सुनसान हुन थालेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्राद खनाल वताउछन  ।

20220121_162317 कोरोना कहरका कारण विगत दुई वर्ष देखि तालतलैयालाई असर परिरहेको वताउदै दैनिक मानिसहरुको चहलपहलले बजार तथा मेला जस्तो हुने र आम्दानी राम्रो हुने गरेकोमा  सुनसान बन्न थालेपछि यहाँ रहेका जीवजन्तुहरुलाई चारो  र कर्मचारीलाई कसरी तलव  व्यवस्थापन गर्ने भन्ने चिन्ता लाग्न  थालेको अध्यक्ष खनालले जानकारी दिए ।  

विगत वर्ष पनि कोरोना कहर रहेको समयमा कर्मचारीहरु कटौती तथा आलोेपालोको रुपमा काम लगाउनु परेको समेत तितो अनुभव तालतलैया विकास तथा संरक्षण समितिले भोगेको छ । पर्यटकीय गतिविधि सुनसान भए आफुहरुको समेत काम नहुनेहरु रोजगारी गुम्ने तथा पुरा समयमा काम गर्न नपाईने चिन्ता समेत तालतलैया विकास तथा संरक्षण समितिमा काम गर्ने कर्मचारीहरुलाई पर्न थालेको छ ।20220121_160158

जाडो मौषममा पिकनिक खाने आउने आन्तरिक पर्यटकहरुको ठुलो भिड लाग्ने तालतलैया क्षेत्रमा पछिल्लो समयमा पर्यटकीय गतिविधि घट्न थालेको छ । स्वास्थ्य सुरक्षा अपनाएर तोकीएको मापदण्ड अनुसार पर्यटकहरुलाई प्रवेश दिदै आएपनि पर्यटकीय गतिविधि दिनप्रतिदिन घट्न थालेको वताइएको छ ।

कार्तिक महिना देखि फागुन महिना सम्म तालतलैयामा पिकनिक खान आउनेहरुको ठुलो भिड लाग्ने गरेको थियो तर कोरोना कहर सुरु भएपछि यस वर्ष सोचे अनुसार पिकनिक टोलीहरु पनि नआएको तथ्याँकले देखाउछ ।20220121_155446 तालतलैया बच्चाहरुलाई घुमाउन सिराहको गोलवजारबाट आएका शुशिलकुमार महतो कोरोना कहरका कारण मानिसहरु आउन छोडेका रहेछन भन्दै यो क्षेत्र रमणीय र सुन्दर रहेको आफुले पाएको वताए ।

 विगतका वर्ष पिकनिकको सिजनमा दैनिक दुई हजार पच्चिस सय देखि १०हजार मानिसहरु तालतलैयामा आउने गरेका थिए । तालतलैयामा जल परी , मोटरवोट , डुगां सयर , घोडचढी देखि बाल उद्यान , प्राकृतिक वनजंगल , साना ठुला ताल पोखरीहरु , धेरै प्रजातीका चरा, पुतलीहरुले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।  कोरोना कहर समाप्त भएपछि विगतका वर्षको तुलनामा अझ धेरै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सफल हुने विश्वास गरिएको छ ।