पथरी। मोरङको पथरी शनिश्चरे स्थित पथरीमा रहेको पथरी बहुमुखी क्याम्पसको जग्गालाई चिरा पारेर स्थानिय सरकारले २ गाँउलाई जोडे्ने बाटो निर्माण गर्ने योजना ल्याएपछि विरोध उत्पन्न् भएको छ । 

पथरी बहुमुखी क्याम्पस हाता भित्र रहेको जग्गालाई चिरापारी बाटो निर्माण गर्नका लागि वडा नम्वर १ ले बजेट विनियोज गरेपछि क्याम्पसका ५ विध्यार्थी संगठनले सो कार्यको खण्डन गर्दै स्थानिय सरकार प्रमुख दिलिप कुमार राई समक्ष सयुक्त प्रेस विज्ञप्ती बुझाउदै खवरदारी गरेका छन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले स्थानिय जोरधारा चौक र सम्झना बस्ती जोड्ने सडक निर्माणका लागि वजेट विनियोजन गरी निर्माणको प्रक्रिया अगाडी बडाउन लागे पछि विध्यार्थी संगठनले बिरोध जनाएको हो ।

बहुमुखी क्याम्पसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (समाजवादी), लिम्बू विद्यार्थी मञ्च, र किराँत राई विद्यार्थी संघले संयूत्त विज्ञप्ती मार्फत र अखिल नेपाल राष्ट्रिय विध्यार्थी युनियनले छुटै विज्ञप्ती मार्फत क्याम्पसको संरक्षणका स्थानिय सरकारको ध्यानाकर्षण गराएका छन् ।

वडाले बाटो निर्माणका लागि बजेट विनियोजन गरेपछि उत्पन्न् विवादको निकासका लागि २०७८ माघ ५ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको समन्वयमा बैठक बसेको थियो । 

उक्त बैठकमा सरोकारवाला पक्षहरु बिच सहमति जुट्न सकेको थिएन । क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, विद्यार्थी संगठन र उपभोक्ता समितिका बीचमा सहमति निकाल्न बसेको बैठकमा उपभोक्ताहरु आक्रामक शैलीमा हुल हुज्जत बाँधिएर क्याम्पस सञ्चालक समितिका र प्रतिनिधि माथि दवाव सिर्जना गरेको विज्ञप्तीमा उल्लेख छ । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष र प्रतिनिधि माथि दवाव सिर्जना गर्दै जबर जस्ती बाटो बनाउँछौ भन्ने भनाइप्रति विद्यार्थी संगठनले खेद प्रकट गरेको छ । 

सुखद जनजीवनका लागि बाटो अत्यावश्यक रहेको र त्यसमा कसैलाई बञ्चित गर्न नहने कुरामा उल्लेख गर्दै क्याम्पसको केही जग्गालाई छुट्टयाएर बीचबाट बाटो खोल्ने कुरा कुनै पनि हालतमा सम्भव नरहेको विज्ञप्तीमा उल्लेख छ ।

सार्वजनीक सम्पती क्याम्पसको जग्गा जोगाएर पश्चिम तर्फबाट बाटो खोल्न सम्बन्धित उपभोक्तालाई अनुरोध गर्दै नगरपालिकालाई सोहीअनुसार गराउन विद्यार्थी संगठनको माग छ ।

उपभोक्ताले सहमति नखोजी आक्रामक तरिकाले बाटो बनाउन लागे विद्यार्थी संगठन क्याम्पसको संरक्षणका लागि प्रतिरक्षमा उत्रने चेतावनी दिएका छन