इटहरी । इटहरीका सञ्चारकर्मीहरुले जातिय विभेद विरुद्धको सचेताना जगाउने उद्देश्यले निर्माण गरेको सर्टमूभि उत्कृष्ट २० मा पर्न सफल भएको छ । यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका करिव ७० वटा सर्टमुभि मध्ये इटहरीका सञ्चारकर्मीहरु रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको चेत नामक सर्टभूमि उत्कृष्ट २० मा पर्न सफल भएको हो । नेपाल टेलिभिजन इटहरीमा कार्यरत रोहित खनालको निर्देशन तथा मकालु टेलिभिजनका रेवती निरौला र नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम प्रस्तोता कमल नेपालको मुख्य भूमिका रहेको यस सर्टमूभीको लेखन भने केशवजीले गरेका हुन् ।

 

जातिय विभेद विरुद्धको सन्देश दिने अधिकांश चलचित्रहरुमा मन्दिर तथा पानीको छुवाछुत देखाउने गरिएकोमा यस चलचित्रमा भने फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएकाले अलि भिन्न चलचित्र बनेको निर्देशक खनालको भनाइ छ । ३ मिनेटको यस सर्टमूभीमा एक व्राह्मण परिवारका व्यक्तिले कोरोना रोग लागेको बेला आइसोलेसनमा अछुत भएर बस्दा दलितहरुको पीडा मसहुस गरि छुवाछुत त्यागेको कथा छ । यसअर्थमा पनि यो चलचित्रको कथा बस्तु भिन्न रहेको तथा प्रस्तुती र प्राविधिक पक्षपनि बलियो रहेकाले उत्कृष्टमा छनौट हुन योग्य रहेको फिल्मका कलाकार समेत रहेका पत्रकार रेवती निरौलाको भनाइ छ ।

 

यूएनडीपीले फेसबुक पेजमा पोष्ट गरेको २ हप्तासम्म आउने भ्यूज, कमेन्ट र लाइकलाई आधा र निर्णायक मण्डलको निर्णयलाई आधा अंकभार दिएर नजिता प्रकाशन गर्ने जनाइएको छ । चलचित्र निर्देशक निर शाह को नेतृत्वमा रहेको निर्णायक मण्डलले कथा र प्राविधिक पक्षलाई हेरेर मूल्यांकन गर्ने जनाइएको छ । निर्देशक खनालले यूएनडीपीको फेसबुक पेजमा गएर लाइक, शेयर र कमेन्ट गरिदिन पनि सबै समक्ष आग्रह गर्नु भएको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।  https://www.facebook.com/UNDPNepal/videos/1067283087402686