उर्लाबारी । मोरङ उर्लाबारीको पर्यटकिय क्षेत्रका रुपमा रहेको बेतिनी सामुदायिक वन क्षेत्र भित्र रहेको बेतिनी सिमसारमा युवाहरु विच कुटाकुट हुदा २ जना घाईते भएका छन् ।

मकर संक्रान्तिका दिन सो स्थानमा घुम्न गएका युवाहरु विच विवाद उत्पन्न भई झगडा हुँदा मोरङ कानेपोखरी गाँउपालिका-५ बस्ने २ जना युवाहरु घाईते भएका हुन ।

माघ १ गते युवाहरु विच भएको झगडाका कारण कानेपोखरी-५ बस्ने वर्ष १७ का सुरज धिमाल र सोही वडा वस्ने वर्ष १९ का निमेश धिमाल घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

शनिवार दिउसो करिब २ बजेको समयमा भएको सो घटनामा कुटाई खाने निमेश धिमालको टाउकोमा र सुरज धिमालको मुखमा चोट लागेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

घाईते दुवैको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार पश्चात डिस्र्चाज भएको उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्काले बताए ।

निरिक्षक खड्का अनुसार कुटाई खाने युवाहरुले हाल सम्म प्रहरीमा निवेदन नदिएको र युवाहरु विच भएको झगडाको कारण खुल्न नसकेको बताए । यद्यपी प्रहरीले भने अर्को समुहका युवाहरुको खोजी गरीरहेको खड्काले बताए ।

आन्तरिक पर्यटकको आर्कषणको रुपमा रहेको सो स्थानमा पूर्वी मोरङका झापा, ईलाम, सुनसरी, पाचथर र धनकुटा सम्मका आगन्तुकहरु फुर्सदको समयमा रमाइलो गर्न सो स्थानमा आउने र मनोरञ्जन लिने गरेका छन् ।

तर पछिल्लो समय सो स्थानमा भै रहने झगडाका कारण घुम्न आउने आन्तरिक पर्यटकहरुले असुरक्षित महशुस गर्ने गरेका छन् ।

सो क्षेत्रको विकास र उननयनका लागि स्थानिय सरकार र प्रदेश सरकारले ठुलो रकम लगानी गरेको भएता पनि बेतेनी सामुदायिक बनले आवश्यक सुरक्षा प्रणाली नअपनादा युवाहरुको समुह विच कुटाकुट हुने, अङगभङग हुने र आगन्तुतहरु असुरक्षित हुने गरेको जनगुनासो बड्दै गएको स्थानिय बताउछन् ।

उर्लाबारीको पहिचानको रुपमा रहेको सिमसार क्षेत्रको दृश्यअवलोकन गर्न दैनिक जसो २ सय को हाराहारीमा आगन्तुकहरु आउने गर्दछन् । आगन्तुकहरुले रु २० को टिकट र रु १५ को पार्किङ शुल्क गरी प्रतिव्याक्ति ३५ रुपैयामा तिरेर प्रवेश गरेता पनि सिमसार क्षेत्रमा बन समितिले आवश्यक सुरक्षा मापदण्ड पुरा नगर्दा दुर्घटना हुने गरेको स्थानियहरुको भनाई छ ।

तसर्थ यस्ता सम्भावित दुर्घटनाको न्युनिकरणका लागि वन समितीले बेलैमा आवश्यक सुरक्षा व्यावस्था अपनाई सिमसार र उर्लाबारीको गरिमालाई जोगाउनु पर्ने देखिन्छ ।