पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा मगर समुदायले शार ल्हेसा २०७८ को आयोजना गरी मनाएको छ ।

नेपाल मगर संघ पथरीशनिश्चरे मोरङको आयोजनामा शनिवार भएको सो कार्यक्रममा सामुहिक हुर्रा मगर भाषाको नृत्य, झ्याउने भाकाको नृत्य, विभिन्न खेलकुद र सम्मान कार्यक्रमहरु गरिएको थियो । 

कार्यक्रममा हर्कबहादुर आले मगर, माया पाङ्गमी आले मगर, विजय मगर र शेरबहादुर आले मगरलाई कार्यक्रमका प्रमुख अतिथि नगरका उपप्रमुख यमुना बिष्ट बास्तोला, विशिष्ट अतिथि पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, अतिथि वडा अध्यक्ष डम्बर चेम्जोङले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तैगरी छिटो खाने खेलमा क्रमशः प्रथम एनिङका राना, दोस्रो पुनम जर्घा मगर, तेस्रो उर्मिला मगरलाई पुरस्कार प्रदान गरिएको थियो । मसिना केटाकेटीहरुतर्फ स्पोन रेसमा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेहरु क्रिष्टिना मगर, सस्मा सारु मगर र सुमिदी पुलामी मगरलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।  कार्यक्रम आयोजकका अध्यक्ष टंक राना मगरको अध्यक्षता तथा सचिव विरेन पुलामी मगरले संचालन गरेका थिए ।