उर्लाबारी । मोरङको उर्लाबारी-२ मा बसोबास गर्ने धिमाल जातिहरुको सस्कृति संरक्षणमा स्थानिय वडा सरकार लागि परेको छ ।

स्थानिय जातजातिको भाषा, सस्कार र सस्कृतिको जर्गेनामा टेवा पुर्‍याउने लक्ष्यका साथ धिमाल समुदायको जात्रि पर्व मनाउने महाराजथान मन्दिर निर्माणमा वडा कार्यसमिती लागि परेको हो ।

जस अन्र्तगत उर्लाबारी-२ को भुसीमा निर्माण कार्य थालनी गरेको महाराजथान मन्दिरको शिलान्यास भएको छ । सो मन्दिरको शिलान्यास वडाअध्यक्ष राजन कुमार कडेलले गरेका छन् ।

कडेलले मन्दिरको शिलान्यास गर्दै वडाले स्थानिय वडामा वसोवास गर्ने समपूणर् जातजातिको भाषा, धर्म र सस्कृतिको जर्गेनामा सहयोग गर्दै जाने बताए ।

वडा नम्वर २ मा उल्लेख्य संख्यामा बसोबास गर्दै आएको धिमाल समुदायले नया वर्षको आगमन सगै आफ्नो जातिय सस्कृति झल्कने भेषभुषा र रितिरिवाज अनुसार महाराजथान मन्दिरमा जात्रि पर्व मानाउने गर्दछन् । 

धिमालहरु आफुलाई प्रकृति पुजका रुपमा भुमिपुत्र रहेको दावि गर्दै आएका छन् भने उर्लाबारी नगरपालिकाले पनि धिमाल समुदायलाई पालिकाको पहिलो जातिका रुपमा घोषणा गरिसकेको छ ।