तेह्थुम । जाडो मौषममा यदाकदा पर्ने हिउँ यस वर्ष पनि पुसको दोस्रो सातामा परेपछि पुर्वी पहाडी जिल्ला तेह्थुममा  हिउँमा रमाउनेहरुको भिड लाग्यो ।

      हिउँ परेपछि पुर्वी पहाडी क्षेत्र तेह्थुम ,भोजपुर , संखुवासभाका विभिन्न ठाउँहरुमा पुर्वी तराईका साथै छिमेकी मुुलुक भारत देखिका मानिसहरु हिउँमा रमाउन पुगेका हुन ।

     तीन दिन अघि परेको हिउँले सेताम्मे ढाकिएका पहाडि क्षेत्रहरुमा हिउँ खेल्न सुनसरी ,मोरगं ,झापा लगायतका ठाउँवाट मानिसहरु पुगे ।d

हिउँ परेपछि जाडो वढ्ने भएपनि जाडोको प्रवाह नगरी युवायुवतिका साथ पारिवारिक रुपमा समेत मानिसहरु तेह्थुमको तिनजुरे लगायतका ठाउँहरुमा पुगेर  रमाइलो गरेका छन । खास गरी हिउँमा रमाउन युवाहरु भेला भएर हिउँ परेको  पहाडी क्षेत्र जानेका छन । qउच्च पहाडी क्षेत्रमा सवै वर्ष हिउँ पर्ने गरी पनि मध्यपहाडी क्षेत्रहरुमा समेत यदाकता पर्ने हिउँमा रमाउन तराई क्षेत्रवाट योजना वनाएर मानिसहरु जाने गरेका छन । मोरगंको वेलवारीवाट हिउँ खेल्न तेह्थुमको तीनजुरे पुगेका युवाहरु पहिलो पटक हिउँ खेल्न पाउदा  धेरै नै रमाइलो लागेको वताउछन । पुर्वी पहाडी क्षेत्रमा हिउँ परेपछि तराई क्षेत्रमा पनि केही दिन देखि जाडो बढेको महशुस हुन थालेको छ ।