इटहरी/ सुनसरीको इटहरीमा एडुटेक कलेज सञ्चालनमा आएको छ । अध्ययन क्षेत्रलाई फरक अनि गुणस्तरीय शिक्षाको विकास गर्ने उदेश्यका साथ उक्त कलेज सञ्चालनमा ल्याइएको हो । सुनसरीमा पहिलो पटक ACCA (बितिय क्षेत्र) सम्वन्धि पठनपाठन हुने गरि BBS, BBA BCA, BIT,MBS, BSW लगाएतका विषयहरु पठनपाठन हुने छन् । सुनसरी जिल्लामै पहिलो पटक ACCA पढाई हुने एडुटेक कलेजमा गुणस्तरीय शिक्षा लगाएत अनुभवि शिक्षण द्धारा शिक्षण, व्यबहारिक शिक्षा तथा रोजगारिमुलक शिक्षालाई पहिलो प्राथमिक्ता दिने एडुटेक कलेजका प्रमुख सन्तोष दाहालले बताउनु भएको छ । दाहालका अनुसार छात्रबृतिको व्यवस्था, प्रबिधिले भरिएको कक्षाकोठा, अनुभवि सञ्चालकद्धारा सञ्चालित रहेको बताउनु भएको छ । इटहरीमा रहेका अन्य निजि शिक्षण सस्थाको तुलनामा यस कलेजमा अतिरिक्त विषयहरुको पठनपाठन हुने छन् । 

20211224_170724