इटहरी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेस नम्बर १ को दोस्रो अधिवेशनले रञ्जन चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

  प्रदेस नम्वर १का विभिन्न जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुलाई समेटेर १५ सदसिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

   इटहरीमा आयोजित दोस्रो अधिवेशनले बरिष्ठ उपाध्यक्षमा जिवन नेपाल उपाध्यक्षद्धयमा राजकुमार थापा र तेलुराम शर्मा सचिवमा माधव अधिकारी सहसचिवमा धनश्याम पोखरेल कोषाध्यक्ष गौतम शर्मा चयन भएका छन । नयाँ कार्यसमितिका सदस्यहरुमा चुडामणी घिमीरे ,सन्तोष दाहाल , महेश पन्त,जिवन लुइटेल, टंकप्रसाद भट्टराई ,खगेन्द्र सिञ्जाली र शिवप्रसाद चौलागाई रहेका छन ।

   सञ्जीव सत्यालको अध्यक्षता तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनहरी बस्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेस नम्बर १का विभिन्न स्थानका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अगनाइजेशन प्याव्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला लगायतका अतिथीहरुले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । सो कार्यक्रममा लामो समय देखि धरानमा रहेर पुस्तक तथा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आएको भनेर धरानका चन्द्रभान धायललाई सम्मान गरिएको थियो ।