इटहरी । सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको पदस्थापना एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको छ ।

   लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षता तथा लायन्स क्लवका डिष्ट्रिक गर्भरन रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।264853174_933825887228312_2824633174119783760_n

   मुक्तिनाथ दाहालको अध्यक्षतामा चयन भएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । ३८ सदसिय कार्य समितिलाई इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा पदस्थापन गरियो ।263648394_873035383239511_4738004432210857327_n

नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा राजन भेटवाल,  सचिवमा कुशल विष्ट र कोषाध्यक्षमा गायत्री दाहाल भट्टराई चयन भएका छन । पदस्थापन कार्यक्रममा अध्यक्ष , प्रमुख अतिथी लगायतले नयाँ कार्य समितिको पदस्थापन गरेका थिए ।IMG_2803

कार्यक्रममा लायन्स क्लवका निवर्तमान गर्भनर इन्द्र कार्की राजन  सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर नरनाथ सापकोटा , लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका संस्थापक अध्यक्ष राजेन्द्र केशरी घिमीरे ,  इटहरी लेडि जेसिजकी अध्यक्ष गिता सुवेदी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।