इटहरी । लामो समय देखि सुनसरीको धरानमा रहेर पुस्तक तथा स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका चन्दभान धावतलाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेस नम्बर १ले सम्मान गरेको छ ।

    नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेस नम्बर १को सुनसरीको इटहरीमा आयोजित दोस्रो अधिवेशनका क्रममा पुस्तक तथा स्टेसनरी व्यवसायका क्षेत्रमा आवद्ध रहेका कारण धावतलाई सम्मान गरिएको हो ।IMG_2733

   सञ्जीव सत्यालको अध्यक्षता तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनहरी बस्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेस नम्बर १का विभिन्न स्थानका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सहभागिता रहेको छ ।IMG_2728 नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेस नम्बर १ को इटहरीमा आयोजित दोस्रो अधिवेशन  नयाँ कार्यसमिति चयन गर्दै समापन हुने कार्यक्रम संयोजक दुर्गाप्रसाद घिमीरेले वताए ।