इटहरी । मानवीय सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको लायन्स क्लव अफ ३२५ ए वान डिष्ट्रिकको दोस्रो क्वाविनेट मिटिङ्गले प्रदेस नम्बर १ का विभिन्न ठाँउमा भौतिक विकासका योजनाहरु अघि बढाउने भएको छ ।

    मोरङ्गको सुन्दरहरैचामा सम्पन्न भएको दोस्रो क्वाविनेट मिटिङ्गले विराटनगरमा रहेको मानव सेवा आश्रमको भवन, बहिरा स्कुलमा भवन , झापाको दमकमा रहेको आम्दा अस्पतालमा आकस्मिक भवन लगायतका विकास योजनाहरु अघि वढाउने निणर्य गरेको हो ।IMG_2673

  लायन्स क्लव ३२५ ए वानका गभर्नर रेवतबहादुर कार्कीको अध्यक्षता तथा प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा भएको मिटिङ्गले आम्दा अस्पतालका लागि आकस्मिक भवन , बहिरा स्कुलको भवन , मानव सेवा आश्रमको भवन लगायतका १५ योजनाहरु अघि वढाउने निर्णय भएको विराटनगर एरिया चिफ चन्द्रमणी गुरागाईले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री राईले सामाजिक क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुलाई प्रदेश सरकारको सहयोग रहने वताए ।IMG_2672

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादव, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, लायन्सका पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, जीएपी एरिया लिडर खगेन्द्र सिटौला लगायतका अतिथीहरुको उपस्थिती रहेको  थियो ।

  मिटिङमा लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकमा अन्तरगत रहेका विभिन्न क्लवहरुबाट १४ सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा जोन चेयरपर्सन मनिता दंगालले जानकारी दिइन  ।


((