इटहरी । नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै कृषिजन्य उत्पादन र जडिवुटीको प्रशोधन गरि विदेश सम्म पुर्याउने लक्ष्य सहित सञ्चालनमा आएको एकेएम  ग्रुप अफ कम्पनीले आफनो उत्पादन इटहरीमा बिक्री वितरण सुरु गरेको छ ।

  कृषि र जडीवुटी जन्य उत्पादन नेपालमै उत्पादित गरी विदेशबाट आयत हुने यस प्रकारका सामाग्रीहरुलाई निरुत्साहित गरि नेपाली उत्पादन प्रयोगमा जोड दिने उद्धेश्यले कम्पनीको शाखा सञ्चालनमा ल्याइएको वताइयो ।IMG_2541

  उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली उत्पादनलाई जोड दिदा नेपालीको आय स्रोत वढ्ने देखि लिएर विदेशी सामाग्रीको आयत समेत घट्ने कम्पनीका इटहरीका सस्थापक निर्देशक केदार उप्रेतीले  वताए ।

उनले एकेएम ग्रुप अफ कम्पनीले आगामी २०८७साल सम्ममा विदेशमा समेत शाखा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको समेतज जानकारी गराए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले नेपाली उत्पादनमा जोड दिने एकेएम जस्ता कम्पनीहरुका उत्पादनलाई माया गर्नु पर्ने वताए । कार्यक्रममा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल, सचिव विष्णु डागी एन्फा सुनसरीका अध्यक्ष केशव कार्की लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।