इटहरी । अपागंता भएका मानिसहरुलाई दया र माया हैन शिक्षा र अवसरको खाँचो रहेको सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
नगर स्तरिय अपागंता सञ्जाल इटहरीले ३०औं अन्तराष्ट्रिय अपागंता दिवसको अवसरमा आयोजित अपागंता हक,अधिकार सम्वन्धीत अन्तरक्रिया कार्यक्रमका सहभागी अतिथी वक्ताहरुले अपागंता भएकाहरुलाई अवसरको खाचो रहेको वताएका हुन ।
सञ्चालकी दिलकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले अपागंता भएकाहरु नगरवासीका हकहित र अधिकारका सवालमा उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको वताइन । उनले अपागंता रोकथाम तथा निन्त्रणका लागि समेत उपमहानगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिइन ।
अधिवक्ता रमेश पोखरेलले सपागं मानिस समेत छिनमै अपागं वन्न सक्ने तर्फ मध्यनजर गरेर अपागं मैत्री नीति निर्माण र अपागंता भएकाहरुलाई राज्यले अवसर दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय अपागं महासंघ प्रदेस नम्बर १की उपाध्यक्ष दिपकला राई , अपागं असाय वृद्ध सेवा केन्द्रकी अध्यक्ष तृप्ता मगर , इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्का , चेलिवेटी अपागं महिला समाजकी अध्यक्ष लक्ष्मी घिमिरे , माइती नेपाल सुनसरीकी कार्यक्रम संयोजक सुनिता कार्की लगायतको अतिथीहरुको उपस्थिती रहेको थियो ।




















